काठमाडौं । सरकारी वकिल कार्यालय काठमाडौंले ठूला काण्डमा मुछिएकाहरुलाई एकपछि अर्को उन्मुक्ति दिन थालेपछि जेनजी सरकारको सुशासन अभियानमै कुठाराघात हुन पुगेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले जेनजी सरकार गठनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरी प्रमाण जुटाएर पेश गरेका अभियुक्तहरुलाई म्यादथप गर्न लाने क्रममै सेटिङमा साधारण तारिखमा छाडेको आरोप छ ।
सहकारीहरुको करिब १ अर्ब रुपैयाँ ठगी गर्ने प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई सीआईबीले कात्तिक ११ गते पक्राउ गरी सरकारी वकिल कार्यालयमा पेश गरे पनि सरकारी वकिल कार्यालयले मंगलबार साधारण तारिखमा छाडेको छ ।
४५ वटा भन्दा बढी सहकारीले भट्टचनबिरुद्ध ठगीमा जाहेरी दिएपछि सीआईबीले समातेका भट्टचनलाई करोडौंको सेटिङमा छाडिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख काफ्लेले भट्टचनले सहकारी ठगी गरेका पर्याप्त प्रमाण पेश गर्दागर्दै छाडेको आरोप छ ।
भट्टचनलाई पक्राउ गरेपछि प्रभु बैंक समेत अनुसन्धानमा तानिने भएपछि अशोक शेरचन भट्टचनलाई छुटाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग गुहार माग्न पुगेका थिए ।
सीआईबीले अनुसन्धान गर्दै जाँदा धेरै ऋणहरुको पोल खुल्ने र आफूसमेत फस्ने भएपछि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन देवी भट्टचनलाई छुटाउन ठूलो थैली नै बोकेर दौडधूप गरेका थिए । प्रभु बैंकबाट कमसल धितोमा लगानी भएका धेरै ऋण असुली हुन सकेका छैनन् ।
सीईओ अशोक शेरचन र बैंकका पूर्वअध्यक्ष भट्टचनको स्वार्थमा लगानी भएका ऋणहरुको छानबिन हुने र आफूसमेत अनुसन्धानमा तानिने भएपछि अशोक शेरचनले साम, दाम प्रयोग गरी सरकारी वकिल कार्यालयमार्फत् उनलाई छुटाउन सफल भएका छन् ।
प्रभु बैंकबाट जानकी मेडिकल कलेजमा ३ अर्ब, गुण ग्रुपका राजेन्द्र शाक्यको जीजी कम्प्लेक्समा १ अर्ब ५० करोड रुपैयाँ धितोको अधिक मूल्यांकन गरी सतप्रतिशत नै ऋण दिइएको छ । भट्टचनलाई छुटाउनका लागि सरकारी वकिल कार्यालय सेटिङ गर्न प्रभु बैंकबाट चलखेलमा धितोको ओभर भ्यालुएसन गरी लगानी भएका ऋणीहरुबाटै पण्ड संकलन गरिएको स्रोत बताउँछ ।
गुण ग्रुपका राजेन्द्र शाक्यको लाजिम्पाटस्थित जीजी कम्प्लेक्सको ३० करोडमात्र धितो मूल्यांकन भएको ठाउँमा प्रभु बैंकले पाँच गुणा बढी १ अर्ब ५० करोड ऋण लगानी गरेको छ । हरिमान लामा र कुुसुम लामाहरुको ऋणको समस्यालाई निकास दिन बनाएको जीजी टावर भट्टचन र शेरचनले राजेन्द्र शाक्यका नाममा गरिदिए । तर कुसुम लामा र हरिमान लामाको ऋण भने मिलाएनन् ।
जीजी टावरको ऋण अहिले पनि कुसुम र हरिमानकै नाममा रहेको छ । अर्कातिर उनीहरुलाई जानकी मेडिकल कलेजमा संचालक राखी अर्को ३ सय करोडको ऋण प्रवाह गरिएको छ । देवी भट्टचनले हरिमान र कुसुमलाई एकपछि अर्को भड्खालोमा हालेका छन् । जानकी मेडिकल कलेजका अर्का संचालक ओपी पाण्डेबिरुद्ध चेक बाउन्समा पक्राउ पूर्जी जारी भइसकेको छ ।
ठग्दै नठगेका रविलाई जेल, १ अर्ब ठग्ने भट्टचनलाई उन्मुक्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रत्यक्ष सहकारीमा संलग्न थिएनन् । सूर्यदर्शन, सुप्रिम सहकारीबाट ग्यालेक्सी मिडियामा गएको रकम चेक काटेर दिएकै आधारमा उनलाई एक बर्षदेखि ठगीमा थुनामा राखिएको छ । उनले आफ्नो भागमा आउने बिगो बमोजिमको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाउँदा पनि उनलाई नछोडी थुनामा राखिएको छ । तर बिभिन्न सहकारीको ९८ करोड रुपैयाँ ठगी गरेको किटानी जाहेरी परेका र शक्तिकै आडमा पक्राउ हुनबाट जोगिंदैआएका एमाले सांसद देवीप्रकाश भट्टचनलाई भने सरकारी वकिल कार्यालयले सेटिङमै उन्मुक्ति दिएको छ ।
रविलाई थुनामा पठाउन तत्कालीन महान्यायाधीवक्ता रमेश बडालले दर्जनौं सरकारी वकिल कार्यालयबाट बहसमा पठाएका थिए । तर ९८ करोड ठगी गर्ने भट्टचनलाई भने सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएपछि यो देशमा जेनजी बिद्रोहको प्रतिध्वनि सबैतिर नपुगेको आँकलन गरिएको छ । जेनजी बिद्रोहको स्वामित्व नै लिन खोजेका कल्याण श्रेष्ठ नै भट्टचनलाई छुटाउन दौडधूप गरेको आरोप पनि लागेको छ ।
भेटनरीबाट गलत औषधि बिक्री गर्ने बराल दम्पत्तिलाई पनि उन्मुक्ति
आईसीयुमा पुगेका बिरामीको लागि प्रयोग गर्ने औषधि पशुपंछीका लागि खोलिएको कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालिबाट बिक्री गर्ने हेमराज भन्ने ऋषि बराल र सुना सुबेदीका बिरुद्ध सीआईबीले पेश गरेको मुद्दामा पनि सरकारी वकिल कार्यालय काठमाडौंले सेटिङमै उन्मुक्ति दिएको छ ।
कान्तिपुर भेट डिस्ट्रिब्युटर्स पशुपंक्षीको औषधि बिक्री गर्न खोेलिएको कम्पनी हो । तर बरालले कान्तिपुर फर्मास्टुकल्सको नाममा आईसीयुमा पुगेका बिरामीलाई खुवाउने औषधि आयात गरी ब्रोइलर कुखुरापालक किसानलाई बिक्री गर्दैआएका थिए । उक्त औषधि खुवाएपछि छोटो समयमै कुखुरा बृद्धि हुने र तौल बढ्ने हुन्छ ।
त्यस्तो कुखुराको मासु खाने मान्छे बिरामी भएर आइसीयुमा पुग्दा पनि उक्त औषधिले काम नगरेपछि धेरैको ज्यान गएकाले बराल दम्पत्तीलाई सीआईबीले पक्राउ गरी मुद्दा चलाउन सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको थियो । तर बराल दम्पतीका कारण धेरै मानिसको ज्यान गए पनि उनलाई पनि छाडिएको छ ।
ऋषि बराल अघिल्लो केपी ओली सरकारका महान्यायाधीवक्ता रमेश बडालका भाइ हुन् । रमेश बडालकै आडमा उनले कुखुरालाई दिनै नहुने औषधि बिक्री गरी हजारौं मानिसको स्वास्थ्यमाथि खेलबाड गरेकोमा उजुरी पर्दा पनि पक्राउ हुनबाट जोगिएका थिए । जेनजीको सरकार आएपछि पक्राउ त परे तर रमेश बडालकै कृपाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले उनलाई उन्मुक्ति दिएका छन् ।
सम्पत्ति शुद्धीकरणमा पनि उनलाई सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिएको छ । ऋषि बरालका दम्पत्तिले गम्भीर बिरामी भएर आईसीयुमा पुगेका बिरामीका लागि प्रयोग गर्ने औषधि कुखुरालाई दिन र त्यो कुखुराको मासु खाने बिरामी आईसीयुमा पुगेपछि औषधि दिंदा मृत्युको मुखमा पुगेको पुष्टि हुँदा पनि उनीहरुलाई पनि सरकारी वकिल कार्यालयले सेटिङमा छाड्ने कार्यले जेनजीको सरकारमा पनि विगतमा जस्तै दण्डहीनता मौलाएको सन्देश आमजनमानसमा पुगेको छ ।
महान्यायाधीवक्ताकी बहिनीको कम्पनीबिरुद्ध मुद्दा नचल्ने निर्णय
महान्यायाधीवक्ता सबिता भण्डारी बडालकी बहिनी डा. स्वती शर्माले खोलेको होप फर्टिलिटी सेन्टरबाट १८ बर्षभन्दा कम उमेरका किशोरीको डिम्ब निकालेको बिषयमा समेत सीआईबीले अनुसन्धान गरी मुद्दा चलाउनका लागि फाइल पेश गरेको थियो । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख काफ्लेले नै महान्यायाधीवक्ता कार्यालयमा किशोरीको डिम्ब निकाल्ने होप फर्टिलिटीबिरुद्ध मुद्दा नचल्ने निर्णयका लागि सिफारिस गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend