Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • शिक्षकका संघ-संगठनलाई मान्यता नदिने शिक्षामन्त्री पुनको घोषणा


    आइतबार, कार्तिक २३ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ(संगठनहरूलाई मान्यता नदिने घोषणा गरेका छन्।

    आइतबार एक सूचना जारी गर्दै मन्त्री पुनले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ-संगगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी दिएका छन् ।

    उनले यस्ता संगठनहरूलाई गैरराजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोहीबमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान पनि गरेका छन् । साथै राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषयमा पनि ध्यानाकर्षण गराइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार