Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय


    आइतबार, कार्तिक १६ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्ने तयारीमा रहेको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री महावीर पुनले आज ९कात्तिक १६ गते० केशरमहलस्थित कार्यकक्षमा अन्तिम दिन बिताउँदै सिंहदरबारमा सर्ने तयारीमा रहेको जनाएको छ ।

    जेन जेड आन्दोलनका क्रममा सिंहदरबारभित्रको मन्त्रालयमा आगजनी भएपछि मन्त्रालयलाई अस्थायी रूपमा केशरमहल सारिएको थियो।

    मन्त्रालयका अनुसार तिहारपछि अधिकांश कार्यालयगत काम सिंहदरबारबाट सञ्चालन भइरहेको छ। यद्यपि सिंहदरबारस्थित भवनमा अझै मर्मत तथा सुधारका काम भइरहेकाले केही कार्य भने केशरमहलबाट पनि सञ्चालन हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार