Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सप्तरीमा झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु


    आइतबार, कार्तिक १६ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सप्तरीमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उनीहरूको हप्ता दिनको फरकमा मृत्यु भएको बताइएको छ ।

    स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने आशंका गरिएको छ । जनस्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रको तत्काल सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार