2017-photo(c)narayan maharjan
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ।
परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक हुने शैक्षिक क्यालेन्डरमा उल्लेख छ। शैक्षिक क्यालेन्डरमा स्नातक तह सेमेष्टर प्रणालीको भर्ना परीक्षा फारम यही कात्तिकसम्म, प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालन मङ्सिरलाई तोकिएको उल्लेख छ।
शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहतर्फ आठवटा सेमेष्टर भएकाले निर्धारित समममा भर्ना, कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका छ।
प्रथम सेमेष्टरको परीक्षा यही २०८२ चैतभित्र र परीक्षाफल २०८२ असारमा प्रकाशित गर्ने क्यालेन्डरमा उल्लेख गरिएको छ।
यस्तै, स्नातक तहको आठ सेमेष्टर निर्धारित चार वर्षमा सक्ने गरी क्यालेन्डर बनाइएको छ। आठ सेमेष्टरको कक्षा सञ्चालन २०८६ माघमा, परीक्षा २०८७ जेठ र परीक्षाफल प्रकाशित २०८७ भदौमा गर्ने उल्लेख छ।
यस्तै स्नातक तहको वार्षिक कक्षाका लागि साउनदेखि मङ्सिरसम्म भर्ना र मङ्सिरदेखि कक्षा सञ्चालन, २०८३ वैशाखमा परीक्षा फारम भर्ने, २०८३ साउनमा परीक्षा र २०८३ कात्तिकमा परीक्षाफल प्रकाशन गर्ने क्यालेन्डरमा उल्लेख छ।
यसैगरी वार्षिक कक्षाअन्तर्गत चार वर्षको अध्ययन २०८५ चैतमा सक्ने त्रिविको लक्ष्य रहेको छ। चौथौ वर्षको कक्षा सञ्चालन २०८४ चैतमा सुरु, २०८५ को कात्तिकमा परीक्षा फारम भर्ने, सोही वर्षको पुसमा परीक्षा र चैतमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका क्यालेण्डेरमा उल्लेख गरिएको छ।
यस्तै त्रिविले स्नातकोत्तर तहको सेमेष्टर प्रणालीअन्तर्गतको यस शैक्षिक सत्रदेखि सञ्चालन हुने पढाइको पनि शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
क्यालेन्डरअनुसार २०८२ सालको शैक्षिक सत्रका लागि प्रथम सेमेष्टरको भर्नाका लागि फारम वितरण यही मङ्सिरमा, पुसमा प्रवेश परीक्षा, माघदेखि कक्षा सञ्चालन, परीक्षा जेठ र २०८३ भदौमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका रहेको छ।
यस्तै २०८२ सालमा भर्ना भएका विद्यार्थी २०८४ मङ्सिरमा पढाइ पूरा गर्नेछन्। शैक्षिक सत्रको चौथो सेमेष्टरको कक्षा सञ्चालन २०८४ वैशाख, परीक्षा भदौ र परीक्षाफल सोही वर्षको मङ्सिरमा हुनेछ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend