काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले कलाकारको एक टोलीलाई बोलाएर भेट गरेका छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा कलाकारसँग भेट गरेका हुन् ।
मन्त्री अर्याललाई भेट्न कर्मा, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायत पुगेका थिए ।
समसामयिक परिस्थितिका विषयमा छलफलका लागि बोलाएपछि आफूहरू गृहमन्त्री भेट्न मन्त्रालय पुगेको कलाकार ऋचा शर्माले बताइन् ।
विभिन्न क्षेत्रमा न्युटल व्यक्तिहरूसँग भेटेर छलफल गर्ने क्रममा आफूहरू पनि परेको शर्माले जानकारी दिइन् । भनिन्, ‘मन्त्रीले कसरी अझै बेटर गर्न सकिन्छ, के के कुरा पुगिरहेको छैन भन्ने विषयमा समेत छलफल गर्नुभयो ।’
मन्त्री शर्माले कलाकारको तर्फबाट सुझाव समेत मागेका थिए । सो क्रममा आफूहरूले भइरहेको र गरिरहेको कामको सूचना खुलस्त दिन सुझाएको ऋचाले बताइन् ।
कलाकारले २१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्न, जेनजी आन्दोलनका शहीदलाई न्याय दिनसहितका सुझाव दिइएको मन्त्रीसँगको भेटमा दिएका थिए ।
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend