Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैकल्पिक बिधीबाट शिक्षण सिकाई गर्नुपर्ने


    आइतबार, बैशाख १४ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ,१४ बैशाख ।  कोरोना भाइरस सङ्क्रमणलाई लक्षित गरी शैक्षिक सस्थाले वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  गिरिराजमणि पोखरेलले बताएका छ्न ।
     
    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ गतेदेखि सञ्चालित अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार आयोजित समापन समारोहमा उनले तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै नआउने भएकाले सिकाइ क्रियाकलाप वैकल्पिक विधिबाट सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।
     
    शिक्षाको वैकल्पिक धारको नेतृत्व गरी शिक्षकलाई प्रविधिसँग नजिक बनाउन प्रयत्नशील रहेकामा नेपाल व्यक्त गरे ।
     
    विद्यालय तहको कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकिएको भए पनि कक्षा १०, ११ र १२ को परीक्षा हुन नसकेको अवस्थामा सरकारद्वारा गठित समितिको प्रतिवेदनको आधारमा स्थगन परीक्षा कहिले, कहाँ र कसरी सञ्चालन गर्ने भन्ने निर्णय गरिने उनले बताए  ।
     
    शिक्षक महासङ्घले कक्षा १० का विद्यार्थीको एसइई परीक्षालाई मध्यनजर गरी गठित विद्यार्थी हेल्प डेस्कमा बसी सहयोग गर्ने ३५ शिक्षकको सम्पर्क फोनलाई टोल फ्रि बनाउने कुरा सरकारका प्रतिनिधिसँग भए पनि कार्यान्वयनमा नआएको बताए ।
     
    उनले सबै विद्यार्थी पैसा तिरेर शिक्षकलाई फोन गर्न सक्ने अवस्थामा नभएकाले तुरून्त शिक्षकहरूका तोकिएका सम्पर्क फोनलाई टोल फ्रि बनाउन आग्रह गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार