Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्की सरकारमा मन्त्री हुन अर्का विवादित पात्र त्रिपाठीको दौडधूप


    बुधबार, असोज २२ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । निर्वाचित संसद भंग गरेर सुशीला कार्की नेतृत्वमा बनेको सरकारले एक महिना पुग्न लाग्दा पनि पूर्णता पाउन सकेको छैन । २ चरणमा गरी ८ मन्त्री नियुक्त भएका छन् । डा. संगीता कौशल मिश्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र अंगीकृत नागरिक भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्ति हुन सकिनन् ।

    कार्की नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने दौडमा बिचौलियादेखि बिभिन्न शक्तिकेन्द्र धाइरहेका अर्का विवादित पात्र हुन्, अवधेशकुमार त्रिपाठी ।
    २०७४ मंसिरमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका त्रिपाठीेले आफूलाई भिक्षु मैतेयको नामले समेत चिनाउने गरेका छन् । २०७४ मंसिरमा भएको निर्वाचनभन्दा केही समयअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिपाठी क्रिश्चियन मेसिनरीका मानिस हुन् भन्ने थाहा पाउँदापाउँदै प्रलोभनमा परी लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेका थिए ।

    २०७४ फागुन ३ गते बाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री केपी ओली र पर्यटन मन्त्री रबिन्द्र अधिकारी(स्वर्गीय) भएको समयमा देउवाले गरेका सबै नियुक्ति खारेज गरियो । तर नियुक्ति खारेज गरेको २२ दिनमै मन्त्री अधिकारीले त्रिपाठीलाई नै पुनः लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति दिएका थिए । जुन धेरै विवादमा पनि परेको थियो । अधिकारीसहितलाई क्यानडा घुमाउन लगेर उतै भाउबिक्री मिलेपछि त्रिपाठी नेकपा सरकारमा पनि कोषको उपाध्यक्षमा नियुक्त भएका थिए ।

    त्रिपाठीलाई क्रिश्चियन मिसिनरीले लुम्बिनी विकास कोषमा नियुक्ति गराउने काम गरेको आरोप लागेको थियो । वाम गठबन्धनको सरकारले पनि त्रिपाठीजस्ता विवदित पात्रलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि सामाजिक संस्था हेल्प नेपालका अध्यक्ष सिंहराज ब्रजाचार्यलगायत बुद्ध धर्मका अगुवाहरुले बिरोध गरेका थिए ।

    २०७५ साउन २१ गते रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेर सरकारले बुद्ध धर्म र मूल्य मान्यतालाई बेवास्ता गरी लुम्बिनी विकास कोषको सदस्य सचिवमा बहालवाला कर्मचारीलाई नियुक्त गरेको भन्दै बज्राचार्यले आपत्ति जनाएका थिए ।

    त्रिपाठी क्यानडाकी महिला कोरोलिना सान्तसीसँग सम्पर्कमा रहेको आरोप लागेको छ । क्रिश्चियन पृष्ठभूमि भएकी यी महिलालाई त्रिपाठीले ‘मम’ (आमा) भनेर सम्बोधन गर्दैआएका छन् ।

    सन् २००१ मा नेपाल प्रवेश गरेकी उनले क्रिश्चियन गतिविधिमै आफूलाई केन्द्रित गराएकी थिइन् । उनको मिशन भनेको बौद्ध र हिन्दूलाई क्रिश्चियन बनाएर चीनलाई प्रहार गर्नुरहेको स्रोतको भनाइ छ ।

    कोरोलिनाले नेपालमा बसेर चीन विरोध गतिविधि गर्ने गरेको आरोप छ । क्यानडा निवासी यी महिलाले लुम्बिनीमा क्रिश्चियन गतिविधि समेत बढाउँदै लगेको आरोप लाग्दैआएको छ । तर कोरोलिनालाई आमा भन्ने त्रिपाठीलाई देउवा र ओली नेतृत्वका सरकारले लुम्बिनी विकास कोष सुम्पिए । जेनजी समूहको आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले पर्यटन मन्त्री नै बनाउन लागेको छ ।
    भिक्षुको आवरणमा कोरोलिनाको अभियानलाई त्रिपाठीले साथ दिएको लुम्बिनी विकास कोषका कर्मचारी नै बताउँछन् । त्रिपाठी र क्यानडाकी ती महिलाले लुम्बिनीमा क्रिश्चियन गतिविधिलाई बढाउने काम गरेको आरोप लागेको थियो । तिनै महिलाको आर्थिक सहयोगमा त्रिपाठीले नेपालका मन्त्री सांसदहरुको टोलीलाई क्यानडा घुमाउने र आफ्नो स्वार्थपूर्ति गर्दैआएका छन् ।

    त्रिपाठीकै नेतृत्वमा लुम्बिनी विकास कोषमा अरबौं भ्रष्टाचार

    लुम्बिनी विकास कोषको उपाध्यक्षका रुपमा अवधेश त्रिपाठीले ठूल ठूला भ्रष्टाचार गरेका उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका थिए । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका क्रममा सरोकारवालाहरुले त्रिपाठीले भौतिक संरचना निर्माणमा अनियमितता गरेको भन्दै मुद्धा हालेका थिए ।

    त्रिपाठीकै संलग्नतामा भौतिक संरचना निर्माण लगायतमा करोडौं भ्रष्टाचार भएको भन्दै कारवाहीको माग गरिएको थियो । त्रिपाठीले नियम विपरीत कसाई होटललाई थप जग्गा दिएको, मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तुलाई (अजिंगर लगायत) नष्ट गरी त्यहाँ बनिसकेको पोखरीमा २२ करोडको ठेक्का दिएको भन्दै रकमको अपचलन गरेको आरोप लागेको थियो । अख्तियारमा सी–०५०८५० दर्ता नम्बर रहेको उजुरीमा त्रिपाठीकै संलग्नतामा भौतिक संरचनालगायतमा करोडौं भ्रष्टाचार भएको भन्दै कारवाहीको माग गरिएको थियो ।

    कोष परिसरभित्र नवीकरण नभएका संघसंस्थाहरुलाई कामको जिम्मेवारी दिएको र नियम विपरीत सभा हल निजी कम्पनीलाई दिने प्रक्रिया अगाडि बढाएको, लुम्बिनी विकास कोष परिसरको महायान पोखरीमा गुरुयोजना विपरीत अनधिकृत ढंगबाट बुद्ध मूर्ति बनाउन दिएको, रसियन लगायत विभिन्न प्लटहरु बदनियतपूर्ण आफूखुसी वितरण गरेको, सोके जापान लगायत सम्झौताहरुको समयसीमा भित्र काम पूरा नगरेको भनेर सम्झौता खारेज गरेको, गुम्बा तथा भौतिक संरचनाका लागि गरिएका थुप्रै संस्थाहरुसँगको सम्झौताहरु अनिश्चितकालका लागि आफूखुसी समयमाबधि बढाउँदै लगेको आरोप लगाइएको छ ।

    ३ अर्बको नयाँ ठेक्का नीतिविपरीत आफन्तलाई दिएको, कोषभित्र ८ अर्ब बराबरका विभिन्न निर्माण कार्यहरु भइरहेका, तर सबै ठेक्का अपारदर्शी रुपमा दिएकोमा उनका बिरुद्ध उजुरी परेका थिए ।

    लुम्बिनी क्षेत्रको गुरुयोजना अनुसार सडक र त्यससम्बद्ध पूर्वाधार निर्माणका लागि आह्वान भएको ४ अर्ब बराबरको ठेक्कामा १ अर्बको चलखेल त्रिपाठीकै ‘सेटिङ’को ठेकेदार मात्रै सहभागी हुन पाउने गरी मिलेमतोमा ठेक्का लगाएर राज्यलाई १ अर्ब घाटा गराइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार