काठमाडौं । अन्तरिम सरकारको मन्त्रिपरिषद बिस्तारमा अनेकौं किस्साहरु देखिन थालेका छन् । मन्त्री बनाइपाउँ भन्ने र समाचार लेखाउने काम समेत भए । तर प्रधानमन्त्री सुशीला कार्कीले बिषयबिज्ञलाई मन्त्री बनाउने र काममा प्रभावकारिता देखाउने प्रयासमा देखिएकी छन् ।
प्रधानमन्त्री कार्कीले शिक्षा क्षेत्रमा योगदान गरेका महावीर पुनलाई शिक्षामन्त्री, स्वास्थ्य क्षेत्रकी बिज्ञ डा. संगीता कौशल मिश्र र संचारका जगदिश खरेललाई बोलाएरै सरकारमा सहभागी हुन अनुरोध गरिन् । सोही अनुरोधका कारण डा. मिश्रले अतिरिक्त सचिव पदबाट आइतबारै राजीनामा दिइन् ।
प्रधानमन्त्री कार्कीले आइतबार बसेको मन्त्रिपरिषदको बैठकबाट उनको राजीनामा स्वीकृत समेत गरिसकेकी छन् । राजीनामा स्वीकृतिपछि उनको समेत नाम समेत स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्तिका लागि सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाइन् । नाम सिफारिस भएको समाचार आउनासाथ मन्त्रीको स्वागतका लागि तयारी गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा नै मिश्रलाई बन्नबाट रोक्न सक्रिय भएर लागे ।
यतिमात्र होइन, चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान, बीर अस्पताल(न्याम्स)का उपकलुपति डा. भूपेन्द्र बस्नेतसमेत उनको नियुक्ति रोक्नका लागि सबै संयन्त्र प्रयोग गर्न अग्रसर भएको स्रोत बताउँछ । आइतबारै उपकुलपति बस्नेतसहितको टोली प्रधानमन्त्री कार्यालयमै पुगेर मिश्रबाहेक जो मन्त्री बनाउँदा पनि हुने लबिङ गरी फर्र्किएको छ । राति अबेरसम्म सचिव देवकोटा, उपकुलपति, कांग्रेसनिकट केही पूर्व कर्मचारीहरु, बिचौलियासहितको बैठक अनौपचारिक रुपमा पटक पटक बसी आर्थिक लगायत जुनसुकै तबरबाट संगीतालाई रोक्न सक्रिय भएर लागेका छन् ।

आइतबार राति १ बजेसम्म पनि यो समूह सक्रिय रुपमा मिश्र रोक्न लागेको थियो । उनको बिगतको कामकारबाहीलाई लिएर अख्तियार र सतर्कतामा दर्ता गरिएका हुँदै नभएका र बनावटी उजुुरी मिडियामा सार्वजनिक गर्ने अभियान नै चलाएका छन् । जबकि ती बनावटी उजुरीका सम्बन्धमा तत्तत् निकायले कुनै कैफियत नदेखिएपछि तामेलीमा राखिसकेका प्रमाण नेपालफेसले प्राप्त गरेको छ ।
स्वास्थ्य सेवा बिभागको महानिर्देशकको रुपमा रहँदा दर्जनौं तथ्यगत उजुरी हुँदा पनि बढुवाका लागि योग्य भएका डा. विकास देवकोटा र वीर अस्पतालको निर्देशक हुँदा धेरै भ्रष्टाचार गरेका प्रमाणहरुको बारेमा अख्तियार र सतर्कताबाट छानबिन भइरहँदा आफू भीसी हुन योग्य ठानेका डा. बस्नेतले इगो साँध्नकै लागि डा. मिश्रलाई मन्त्री हुनबाट रोक्न समूह नै परिचालन गरेको आरोप छ ।
आफ्नै अस्पतालको चमेनागृह संचालन समेत कीर्ते हस्ताक्षरका आधारमा दिएका बस्नेतले राष्ट्रिय सतर्कता केन्द्रले २ पटक उक्त चमेनागृहको ठेक्का खारेज गर्न निर्देशन दिएको भए पनि आफैंले अदालतमा मुद्दा हाल्न लगाई संचालन गर्न दिइरहेको आरोप छ । अस्पतालका औषधि र उपकरण खरिदमा ब्यापक भ्रष्टाचारको आरोप झेलिरहेका बस्नेत मिश्र मन्त्री भएर आएपछि पद जाने त्रासमा छन् ।
स्रोतका अनुसार नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीदेखि लिएर निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलसमेत मिश्रलाई मन्त्री हुन नदिनका लागि सबै अस्त्र प्रयोग गरिरहेका छन् ।
उनी कोसी अस्पताल, प्रसूतिगृह र स्वास्थ्य सेवा बिभागको महानिर्देशक हुँदा औषधिदेखि उपकरणको खरिदमा सेटिङ गरी ठेक्का नदिएको झोँकमा केही बिचौलियाहरु बनावटी उजुरीको प्रचार गर्दै जेनजी समूहका अगुवालाई समेत भ्रमित पार्न मौका यही हो भन्दै लागेका छन् ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend