सर्लाही । नेपाल-भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले डिएसपी तहकै अधिकारी खटाए पनि सर्लाहीमा तस्करी अझै बढेको देखिएको छ । राजस्व संकलनमा लगातार कमी देखिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले अस्थायी गुल्म कायम गरी डिएसपी कमान्डमा नियन्त्रण अभियान चलाएको थियो। तर, उल्टै तस्करलाई सहज वातावरण बनेको स्थानीयवासीको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्का र गण नम्बर – १० का गणपति देब बहादुर चन्दले पटक–पटक निर्देशन दिए पनि सीमा क्षेत्रमा तस्करी रोकथाम हुन नसकेको पाइएको छ । नदिया पकडी, मधुवनी, अर्नाहा र छतौना नाकाबाट दैनिक रूपमा बालुवा, गिटी, स्याउ, रक्सी र चाइनिज कस्मेटिक सामग्री भारततर्फ जाने र भारतबाट कपडा, सुर्ती, चिनी, स्पेयर पार्ट्ससहित दैनिक उपभोग्य वस्तु भित्रिने क्रम रोकिएको छैन ।
स्थानीयवासीले प्रहरीकै संलग्नता देखिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार, जिल्ला स्तरका प्रमुखले निर्देशन दिए पनि गुल्मस्तरका अधिकारी तस्करसँग मिलेमतो गरी मोलमोलाइमा संलग्न हुने गरेका छन् ।
विशेषगरी प्रहरी चौकी पर्सा नाकाका ईन्चार्ज शम्भु प्रसाद यादव आएपछि तस्करीसँगै लागुऔषध कारोवार समेत सक्रिय भएको देखिएको छ । यस नाकाबाट दैनिक लाखौंको कुखुरा, चल्ला, कपडा, किराना सामग्री नेपालमा भित्रिने र नेपालबाट चाइनिज मकै, चाइनिज स्याउ भित्रिने गरेको स्थानीय स्रोतले जनाएको छ ।
सर्लाहीमा सबैभन्दा बढी लागुऔषध हरिवन नगरपालिका–३ डाबरी बजारमा बिक्रीवितरण हुने गरेको स्थानियहरु बताउँछ । कोरेक्स र ट्याबलेट पर्सा नाकामार्फत ल्याएर खुलेआम बिक्रीवितरण भइरहे पनि प्रहरीहरू मुखदर्शक बनेर बसिरहेको स्थानीयवासीको आरोप छ ।
यस अघि इलाका प्रहरी कार्यालय हरिवनका तत्कालीन ईन्चार्ज इन्स्पेक्टर अनिल गिरि रहँदा भने यस्ता गतिविधि नियन्त्रणमा रहेको स्मरण गर्दै स्थानीयले भने, “गिरिले तस्करी र लागुऔषध दुवैमा कडाइ गरेका थिए, धेरैलाई नियन्त्रणमा लिएर मुद्दासमेत चलाएका थिए । तर अहिले उल्टै तस्करको दबदबा बढेको छ ।”
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend