Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर   


    बुधबार, भाद्र १८ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

    ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ की ५ वर्षीय आशिका राई घाइते भएकामा विवेक तामाङको अवस्था गम्भीर रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “आज पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको थियो । त्यसमध्येका विवेक तामाङको अवस्था गम्भीर छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।”

    आशिकाको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार