Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. गोविन्द केसीले तोडे अनसन


    मंगलबार, भाद्र १७ २०८२
    720
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.गोविन्द केसीले अनसन तोडेका छन् । डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन् ।

    गत आइतबारदेखि अनसन बसेका डा.केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । मंगलबार बिहान केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगी डा. अमृत जैसीले बताए । डा.केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार दिँउसोदेखि सत्याग्रह सुरु गरेका हुन् ।

    चिकित्सा शिक्षा आयोगको साउन ३० बसेको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० सम्म दिने निर्णय गरेको थियो । आवश्यक मापदण्ड नै पुरा नगरेका निजी मेडिकललाई जथाभावी सिट तोक्दा गुणस्तर खस्कनुका साथै स्वास्थ्य सेवामा ह्रास आउने उनको तर्क छ ।

    चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको डा. केसी बताउँछन् ।

    सत्याग्रहसँगै डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

    यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा। केसीले माग राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार