काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले तीनै तहका सुरक्षाकर्मी परिचालन गर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरूलाई समेत परिचालन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
शुक्रबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग नियन्त्रणका लागि तीव्र ढंगले प्रयास भइरहेको भन्दै त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए ।
‘स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीका नर्स, डक्टर र उपकरणको प्रयोग गर्ने आजै मात्र मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ,र यस रोगलाई सकेसम्म छिटो नियन्त्रण गर्न, बिरामी निको पार्न र बढ्न नपाओस् भनेर तीव्र ढंगले प्रयास भएको छ ।’
वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन सरकारले प्रयास गरिरहेको उनले बताए । ‘यस रोगको स्रोत के हो, कहाँबाट यो फैलियो, यो कुनै ढलबाट, खानेपानीबाट, कुन स्रोतबाट रोग फैलियो भन्ने छानबिन भइरहेको छ,’ उनले भने ।
‘स्वास्थ्य मन्त्रालयको अगुवाइमा सकेसम्म रोक फैलिन नपाओस् तत्काल निदान गर्न सकिओस् र तत्काल उपचार गरेर निको पार्न सकिओस् र रोकथाम पूर्णरूपमा गर्न सकिओस् भन्ने कुरामा ध्यान गएको छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले हैजा र झाडापखालाका औषधी सरकारले निस्शुल्क उपलब्ध गराइरहेको जानकारी गराए । नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीहरूको निस्शुल्क उपचार भइरहेको उनले बताए । कोरोनाकालमा नेपाली सेनाले बनाएको अस्पताललाई प्रयोग गरेर उपचारको व्यवस्था मिलाउने प्रयास भएको प्रधानमन्त्री ओलीले बताए ।
वीरगञ्जमा अहिलेसम्म हैजा र झाडापखाला संक्रमित हुनेको संख्या ६२४ पुगेको र त्यसमध्ये ४३७ जना निको भएर घर फर्किएको जानकारी उनले संसदमा गराए । यस्तै अहिले पनि १८७ जना हैजा र झाडापखाला संक्रमित उपचाररत रहेको पनि उनले बताए ।
वीरगञ्जमा पछिल्लो २४ घण्टामा मात्रै ८४ वटा हैजा र झाडापखालाका नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म वीरगञ्जमा हैजा र झाडापखाला लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend