रौतहट । वीरगञ्ज महानगर आसपास क्षेत्रमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर, रौतहटबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।
गत शुक्रबारदेखि वीरगञ्ज क्षेत्रमा झाडापखाला र हैजाका बिरामीहरू देखिन थालेपछि सोमवार गौरबाट डाक्टर परशुराम यादव र डाक्टर विष्णुकुमार साह नेतृत्वको टोली नारायणी अस्पतालमा खटिएको हो।
प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीका अनुसार वीरगञ्जमा रोग फैलिन थालेपछि तत्काल सहयोगस्वरूप दुई जना चिकित्सक र तीन जना स्वास्थ्यकर्मीको टोली पठाइएको छ।
ुचिकित्सकसहितको टोलीले बिरामी उपचारमा सहयोग गर्नुका साथै हैजा र झाडापखाला नियन्त्रणका लागि आवश्यक समन्वय गर्नेछ,ु अध्यक्ष हासमीले जानकारी दिएका छन्।
स्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म वीरगञ्जमा ७९ जना हैजाका बिरामी भेटिएका छन् भने झाडापखालाजन्य लक्षण देखिएका १०३ जना विभिन्न अस्पतालमा उपचाररत छन्।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend