Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित


    बिहिबार, भाद्र ५ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ ।

    बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।

    विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन ।

    यसबीचमा उपसमिति नै बनाएर सहमति जुटाउनेगरी पटकपटक प्रतिवेदन तयार गरिएको थियो । यद्यपि पारित भने हुन सकेको थिएन ।

    शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत थालेका छन् ।

    पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार