Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नपाउने व्यवस्था राखौँः सुमना श्रेष्ठ


    बिहिबार, भाद्र ५ २०८२
    690
    Shares
    काठमाडौँ, १५ फागुन : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिर प्रदीपराज वन्त रासस
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नहुने प्रावधान विधेयकमा समावेश गर्नुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले निजी विद्यालयका शिक्षकहरूको हकमा समेत बन्द र हड्ताल गर्न नपाउने व्यवस्था राख्नुपर्ने जोड दिइन् ।

    ‘विद्यालय र विश्वविद्यालय कुनै पनि पक्षले बन्द वा तालाबन्दी गर्न पाउँदैन,’ उनले भनिन्, ‘जुनसुकै कारणले भए पनि विद्यार्थीको मौलिक शिक्षाको अधिकार हनन गर्नुहुँदैन ।’उनले थपिन्, ‘हामीले शिक्षकहरूको हकमा बन्द र हड्ताल गर्न नपाउने व्यवस्था विधेयकमा राखेका छौँ । यो प्रावधान निजी विद्यालयका लागि पनि लागू गर्नुपर्छ । कुनै पनि बहानामा विद्यालय बन्द गर्नुहुँदैन ।’

    सांसद श्रेष्ठले अनिवार्य र निःशुल्क शिक्षाको अधिकार सबै विद्यार्थीले पाउनुपर्नेमा जोड दिइन् ।बिहीबारको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार