Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षा मन्त्री पन्त र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता


    बुधबार, भाद्र ४ २०८२
    780
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयका सचिव चूडामणि पौडेलबीच मंगलवार (हिजो) कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ।

    मन्त्री पन्तले सम्झौता कार्यक्रममा समयमै कार्य सम्पन्न गर्ने निर्देशन दिँदै मन्त्रालयका गतिविधि प्रभावकारी रूपमा अघि बढाउन जोड दिएका छन्।

    यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्रै दुई उपप्रधानसहित २० मन्त्रीहरूसँग आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रममा आधारित कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिसकेका थिए। प्रधानमन्त्री र मन्त्रीबीचको सम्झौतापछि मन्त्रालयस्तरमा मन्त्री र सचिव, सचिव र विभागीय प्रमुखबीच तहगत रूपमा सम्झौता गर्ने प्रचलन रहेको छ।

    गत आर्थिक वर्षको बजेट कार्यान्वयनको समीक्षासँगै प्रधानमन्त्री ओलीले नयाँ कार्यसम्पादन सम्झौताको प्रक्रिया अघि बढाएका हुन्। यद्यपि, सम्झौताबमोजिम काम भए–नभएको लेखाजोखा गर्ने र त्यसको आधारमा मूल्यांकन गर्ने प्रष्ट व्यवस्था भने अझै बनेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार