काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकका असहमतिका विषयमा उपसमितिले तयार गरेको प्रतिवेदन पेश भएको छ । समिति सचिवालयले विवादित विषयलाई समाधान नगरी प्रतिवेदन तयार पारेको हो ।
सचिवालयले भाषागत सुधार गरी प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गरेको छ । शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समिति सचिवालयको संयुक्त प्रयासमा प्रतिवेदन तयार भएको हो । निजी विद्यालयहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक उपलब्ध गराउन नसकिने अडान राखेका छन् । तर, समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा यी सुविधा अनिवार्य हुनुपर्ने मत राखेका छन् ।
छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिको प्रतिवेदनमा पूर्ण छात्रवृत्तिमा शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शिक्षा सामग्री, पोशाक, यातायात र आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) समावेश हुने उल्लेख छ ।
गत २२ साउनको बैठकमा आवास र पोशाक हटाउने प्रस्ताव राखिएको थियो, तर सदस्यहरूको असहमतिका कारण पारित हुन सकेन । यसै विषयमा निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend