काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकका असहमतिका विषयमा उपसमितिले तयार गरेको प्रतिवेदन पेश भएको छ । समिति सचिवालयले विवादित विषयलाई समाधान नगरी प्रतिवेदन तयार पारेको हो ।
सचिवालयले भाषागत सुधार गरी प्रतिवेदन समितिको बैठकमा प्रस्तुत गरेको छ । शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समिति सचिवालयको संयुक्त प्रयासमा प्रतिवेदन तयार भएको हो । निजी विद्यालयहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक उपलब्ध गराउन नसकिने अडान राखेका छन् । तर, समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा यी सुविधा अनिवार्य हुनुपर्ने मत राखेका छन् ।
छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिको प्रतिवेदनमा पूर्ण छात्रवृत्तिमा शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शिक्षा सामग्री, पोशाक, यातायात र आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) समावेश हुने उल्लेख छ ।
गत २२ साउनको बैठकमा आवास र पोशाक हटाउने प्रस्ताव राखिएको थियो, तर सदस्यहरूको असहमतिका कारण पारित हुन सकेन । यसै विषयमा निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend