काठमाडौं,१२ बैशाख । बालुवाटारमा अाज बसेकाे मन्त्रीपरिषद्काे बैठकले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको छ ।
सरकारले उखु, धान, लगायतका बालीमा समर्थन मूल्य तोक्दै आएको छ ।यसअघि आर्थिक वर्ष ०७४/०७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो । त्यसयता मूल्य निर्धारण भएको थिएन ।
गहुँ बाली उठाउने समयमा सरकारले मूल्य निर्धारण गरेकाले अब नेपाली किसानले उत्पादन गरेको गहुँ भण्डारणमा यसले सहयोग पुग्ने सरकारले अपेक्षा गरेको कृषिमन्त्री धनश्याम भुसालले बताए ।