Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गायक पशुपति शर्मा सवार कार दुर्घटना


    बुधबार, साउन २१ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।पोखराबाट वालिङ जाँदै गरेको गायक शर्मा सवार ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी दधिराम न्यौपानेका अनुसार, सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परेको हो ।

    उक्त कारमा चार जना सवार थिए । गायक शर्मासहित चारै जना सामान्य घाइते भएको र दुर्घटनामा गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको छ। कारको अगाडिको भागमा क्षति पुगेको एसपी न्यौपानेले जानकारी दिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार