Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त


    बुधबार, असार २५ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् । अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।

    १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार