Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्थायी शिक्षकको प्रतिस्पर्धामा कुरा नमिल्दा शिक्षा समितिको बैठक स्थगित


    सोमबार, असार १६ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहानका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ ।

    अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो । बिहान ८:३० बजेका लागि तय भएको बैठक स्थगित गरेर दिउँसो २ बजे बोलाइएको छ ।

    प्रतिस्पर्धालाई ६०/४० गर्ने कि ७५/२५ राख्ने भन्नेमा सहमति हुन नसकेको हो । समितिको बैठक बस्नुअघि सोही विषयमा समन्वय परामर्श उपसमितिले सहमतिको प्रयास गरेको थियो ।

    एक पटक शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि आजै दिउँसो २ बजे बैठक बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार