Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने


    आइतबार, असार १५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    शक्रबार नतिजा प्रकाशित गरेको बोर्डले आगामी साउन २९ देखि भदौ ६ गतेसम्म परीक्षा सञ्चालन हुने तालिका सार्वजनिक गरेको हो ।

    परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । गएको २०८१ सालको एसईई परीक्षाको नतिजाअनुसार यस वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेड भएका छन् ।

    परीक्षामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार