Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एसईईको नतिजा साँझ ६ बजे प्रकाशन हुने


    शुक्रबार, असार १३ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुने भएको छ।

    परीक्षा नियन्त्रक गणेश भट्टराईले आज केहीबेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको बताए । ‘कुनै प्राविधिक समस्या भएन भने आजै नतिजा प्रकाशन हुन्छ’, उनले भने।

    असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

    गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार