Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट नोबेल अस्पतालमा एक महिलाको मृत्यु


    मंगलबार, असार १० २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु भएको छ ।

    आज (मंगलबार) बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।

    मृतक महिलाको ठेगाना इलामको सूर्योदया नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।

    उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

    मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

    परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार