काठमाडौं । नेपालमा ओमिक्रोनका ५ नयाँ सब-भेरिएन्ट पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङ परीक्षणमा यी सब(भेरिएन्ट फेला परेका हुन् ।
जेठ २२ देखि २९ गतेसम्म कोभिड-१९ पुष्टि भएका १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनका विभिन्न सब-भेरिएन्ट पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीका अनुसार सबै प्रदेशमा सङ्कलन गरिएका नमुनामा यी सब-भेरिएन्ट देखिएका छन् । उनका अनुसार हाल फेला परेका सब-भेरिएन्टहरू अत्यधिक सङ्क्रामक भए पनि कम घातक छन् । पुष्टि भएका सब(भेरिएन्टहरूमा सातवटा एक्सएफजी, तीनवटा एक्सएफजी, एउटा एक्सएफजी ३।१ र दुईवटा जेएन १ रहेका छन् ।
ओमिक्रोनका सब-भेरिएन्टहरू कोभिड-१९ गराउने सार्स-कोभ-२ भाइरसको विकसित रूप हुन् । भाइरसमा निरन्तर अनुवंशिक परिवर्तन (म्युटेसन)हुन्छ, जसले गर्दा नयाँ भेरिएन्टहरूले फरक विशेषताहरू प्रदर्शन गर्छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनायता २५ जिल्लामा १६७ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १३१, कोशीमा ४, मधेसमा ५, गण्डकीमा ३ र सुदूरपश्चिममा २१ जनामा देखिएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend