Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा विवाद टुंगो लगाउन निर्वाचन आयोगमा छलफल


    आइतबार, माघ ११ २०७७
    1.8K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादबारे आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ ।

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राति ११ बजेसम्म भए पनि नेकपाको विवाद आजै टुंगो लगाउने जानकारी दिए ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आयोगको बैठक अहिले बसिरहेको छ । सोही बैठकले नेकपा विवादबारे टुंगो लगाउनेछ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेनी भण्डारीले गत पुस ५ गते संसद भंग गरेपछि नेकपा दुईधारमा विभाजित छ ।

    औपचारीक रुपमा विभाजनको घोषणा नभएपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले आफूलाई आधिकारीक नेकपा भएको दावी गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार