काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सङ्क्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका पुरुष हुन् ।
जोशीले दिएको जानकारीअनुसार त्रिनगर नाकामा तीन जना र झुलाघाट नाकामा एक जनाको एन्टिजेन परीक्षणमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितहरू कञ्चनपुर, अछाम र बझाङ जिल्लाका रहेका छन् । “शङ्कास्पद व्यक्तिहरूको एन्टिजेन किटमार्फत परीक्षण गर्दा चार जनामा कोभिड पुष्टि भएको छ । सङ्क्रमितहरूलाई होम आइसोलेसनमा बस्न सुझाव दिइएको छ,” जोशीले भने ।
यसअघि शुक्रवार पाँच, बिहीबार एक र बुधवार तीन जनामा सङ्क्रमण देखिएको थियो । पछिल्लो समय भारतबाट फर्किनेहरूमा सङ्क्रमणको दर बढ्दै गएको देखिन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सम्भावित महामारीको जोखिमलाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशालाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मन्त्रालयले सङ्क्रमण नियन्त्रणका लागि सीमा नाकामा कडाइ र परीक्षणलाई तीव्रता दिन समेत आग्रह गरेको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend