रौतहट। रौतहटको मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ नगरपालिका घोषित गरिएको छ। शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेश प्रदेशमै शिक्षाका मापदण्डको आधारमा ‘उत्कृष्ट नगरपालिका’ को रुपमा चयन भएको हो।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था (पान) द्वारा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले शिक्षाका २५ वटा मापदण्डहरूका आधारमा मौलापुर नगरपालिकालाई उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। शिक्षाविद् प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले मूल्याङ्कन गरेको थियो। यही जेठ २३ गते हुने पानको दोस्रो राष्ट्रिय सम्मेलनमा मौलापुरकी मेयर रिना कुमारी साहलाई पुरस्कार प्रदान गरिने छ ।
आयोजक संस्थाले मेयर साहलाई पुरस्कार ग्रहणका लागि विशेष आमन्त्रण समेत गरेको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए । मौलापुर नगरपालिकाको समग्र शैक्षिक अवस्था, शिक्षा क्षेत्रको बजेट विनियोजन, बाल शिक्षा र इसीडी व्यवस्था, सिपमूलक शिक्षाको प्रवर्धन, शिक्षक र विद्यार्थीको सन्तुष्टि देखिएको छ।
त्यस्तै, विद्यालय बाहिरका बालबालिकालाई शिक्षामा जोड्ने पहल, शिक्षण सिकाइको अनुगमन, स्थानीय पाठ्यक्रमको प्रयोग, सूचना प्रविधिको उपयोग, छात्रालाई शिक्षामा जोड्ने कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार, तथा गुनासो व्यवस्थापन जस्ता २५ वटै मापदण्डमा मौलापुरले उत्कृष्टता प्रदर्शन गरेको पानले जनाएको छ।
मेयर रिना कुमारी साहको कुशल नेतृत्व, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको सहकार्यले गर्दा यो उपलब्धि हासिल भएको भन्दै मौलापुर नगरपालिकाले सबैप्रति कृतज्ञता व्यक्त गरेको छ। मौलापुर नगरपालिकाले बालिकालाई शिक्षा प्रति आकर्षित गराउन निःशुल्क साईकल बितरण देखि उच्च शिक्षा अध्ययनरत बालिकालाई ल्यापटप समेत बितरण गर्दै आएको छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend