काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ र स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै यी व्यवस्थाहरूबारे जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विनियोजित ९५ अर्ब ८१ करोड रुपैयाँले स्वास्थ्य प्रणालीको सुदृढीकरण र सुधारमा जोड दिइने छ। यद्यपि, यससम्बन्धी थप विशेष घोषणा भने मन्त्री पौडेलले गरेनन्।
स्वास्थ्य बीमा कार्यक्रमका लागि छुट्याइएको १० अर्ब रुपैयाँमार्फत बाँकी दाबीहरू तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षभित्र भुक्तानी गरिने व्यवस्था मिलाइएको छ। अर्थमन्त्री पौडेलले भने, “स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छु। हालसम्म बाँकी दाबी भुक्तानीको रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षभित्र फरफारक गर्ने व्यवस्था मिलाएको छु।”
यसैगरी, बीमितहरूलाई फरक–फरक पोलिसी उपलब्ध गराइने र बीमा सुविधाको दुरुपयोग रोक्न दोहोरो सुविधा हटाइने भएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइने छ।
स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने र यससम्बन्धी कानूनी व्यवस्थालाई प्रभावकारी बनाउँदै दायरा विस्तार गरिने भएको छ। बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गरिने र सामाजिक स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमासँग एकीकृत गरिने योजना पनि बजेटमा समेटिएको छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend