Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य क्षेत्रका लागि ९५ अर्ब ८१ करोड र स्वास्थ्य बीमाका लागि १० अर्ब विनियोजन


    बिहिबार, जेष्ठ १५ २०८२
    845
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ र स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै यी व्यवस्थाहरूबारे जानकारी दिए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विनियोजित ९५ अर्ब ८१ करोड रुपैयाँले स्वास्थ्य प्रणालीको सुदृढीकरण र सुधारमा जोड दिइने छ। यद्यपि, यससम्बन्धी थप विशेष घोषणा भने मन्त्री पौडेलले गरेनन्।

    स्वास्थ्य बीमा कार्यक्रमका लागि छुट्याइएको १० अर्ब रुपैयाँमार्फत बाँकी दाबीहरू तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षभित्र भुक्तानी गरिने व्यवस्था मिलाइएको छ। अर्थमन्त्री पौडेलले भने, “स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छु। हालसम्म बाँकी दाबी भुक्तानीको रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षभित्र फरफारक गर्ने व्यवस्था मिलाएको छु।”

    यसैगरी, बीमितहरूलाई फरक–फरक पोलिसी उपलब्ध गराइने र बीमा सुविधाको दुरुपयोग रोक्न दोहोरो सुविधा हटाइने भएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइने छ।

    स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने र यससम्बन्धी कानूनी व्यवस्थालाई प्रभावकारी बनाउँदै दायरा विस्तार गरिने भएको छ। बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गरिने र सामाजिक स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमासँग एकीकृत गरिने योजना पनि बजेटमा समेटिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार