Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैशाख १५ गतेदेखि नयाँ भर्ना अभियान सन्चालन हुने


    मंगलबार, बैशाख ९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाै, ९ बैशाख ।निजी विद्यालयले  आगामी वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका छन् । बिश्वभर भाइरलको रुपमा फैलिएको कोरोना भाईरसको कारण नेपालका सबै शैक्षिक सस्था थप्प भएको थियो ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन) अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट बाँकी रहेका विद्यालयको परीक्षाफल प्रकाशित गर्न पत्राचार गर्ने बताएको आजको नेपाल समाचारपत्रमा खवर छ ।

    कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्नालगायतका सम्पँर्ण काम ठप्प छ । सरकारले यही १५ गतेसम्म लकडाउन कायम राखेको छ ।

    अधिकांश विद्यालयले कक्षा १-९ को परीक्षा सम्पन्न गरे पनि परीक्षाफल प्रकाशित गर्न पाएका छैनन् । चैत पहिलो साता केही ठँला विद्यालयले कक्षा १ र माथिल्लो कक्षाको प्रवेश परीक्षाको मिति तय गरेका थिए ।

    चैत ६ गतेबाट विद्यालय बन्द भएपछि प्रवेश परीक्षा लिएका केही विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका छैन

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार