Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन


    बुधबार, बैशाख ३१ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । वीर अस्पतालको सेवा सुधार गर्न भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् ।

    वरिष्ठ चिकित्सक डा। मदन उपाध्याय संयोजकत्वको गठित कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा स्रोत(साधनको उचित प्रयोगबारे सुझाव दिन कार्यादेश दिइएको छ ।

    यसैगरी, नागरिकलाई उपलब्ध गराउने फार्मेसी, रेडियोलोजी, प्याथोलोजी तथा अर्थोपेडिक्सजस्ता सेवा तथा तिनका लागि उपलब्ध उपकरणको अहिलेको अवस्था मूल्यांकन गर्दै सुधार गर्ने उपाय सुझाउन पनि कार्यदललाई भनिएको छ ।

    तीन सदस्यीय कार्यदलमा विज्ञका रुपमा दीपकमोहन भट्टराई तथा डा। सुरेश तिवारी सदस्य छन् ।

    कार्यदललाई आर्थिक तथा प्रशासनिक जटिलता तथा समाधानका सुझाव दिन पनि कार्यादेश दिइएको छ । यसैगरी वीरलाई डिजिटलाइजेशन गर्न देखिएका कठिनाइबारे सुझाव दिंदै भावी योजना समेत प्रस्ताव गर्न कार्यदललाई कार्यादेश प्रदान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार