काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीको मनोमानी गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रशासनिक मनोमानीको गम्भीर रुपमा छानविन हुन आवश्यक रहेको बताइन् ।
‘वैशाख १७ गते भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानविन होस् । रेशम चौधरीमाथि भएको व्यवहारको सार्वजनिक जवाफको प्रतिक्षामा छौं ।’ उनले भनिन्, ‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु– यो घटनाको गहिरो अध्ययन होस् । यहाँ केवल एक जनाको गिरफ्तारी होइन, संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’
गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम रहेको थियो । रेशमलाई एकता घोषणा कार्यक्रमबाटै विचाराधीन मुद्दाको सम्बन्धमा थुनामा पठाएको थियो । पछि सर्वोच्च अदालतले रेशमलाई थुनामा पठाउने पत्र आधिकारिक नरहेको बताउँदै उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend