मुनी साह लहान नगरपालिकाका प्रमुख हुनुहुन्छ । उहाँ लहानबासीबीच विकासवादी नेताका रुपमा चिनिनुहुन्छ । २०५४ मा मेयरमा निर्वाचित भएदेखि नै उहाँ लहानबासीका प्रिय बन्नुभएको थियो । त्यही प्रभावका कारण २०७४ को निर्वाचनमा पनि उहाँ मेयरमा निर्वाचित हुनुभएको हो । कोेरोना महामारीका बीचमा त्यसको रोकथाम र अतिविपन्न नगरबासीलाई राहत बितरण कसरी भइरहेको छ भन्नेबारेमा उहाँसँग गरिएको कुराकानीः
० विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि तपाईले आफ्नो नगरपालिकामा कस्ता कार्यक्रमहरु अघि सार्नुभएको छ ?
लहान नगरपालिकाले सरकारले घोषणा गरेको लकडाउनपछि नै जनचेतना अभियान अघि सारेको छ । त्यसका साथै विदेशबाट आएका मानिसहरुको लगत राख्ने काम गरिएको छ । नगरपालिकालाई सेनीटाइज गर्ने काम गरिएको छ । किसान र गरिबलाई राहत वितरणका काम गरिएको छ । यसरी पहिलो चरणमा नगरपालिकाका आठ हजार १४ घरधुरीलाई राहत वितरण गरिसकेका छौं । अर्को चरणमा कसरी राहत बाँड्ने हामी निर्णय गर्दैछौं ।
हामीले अहिलेसम्म वडा नम्बर एकमा ३ सय ५२ घरधुरीलाई, वडा नम्बर २ मा १ सय ७१ घरधुरीलाई, वडा नम्बर ३ मा १ सय ८३ घरधुरीलाई, वडा नम्बर ४ मा ३ सय ७८ घरधुरीलाई, वडा नम्बर ५ मा ४ सय ४१ घरधुरीलाई, वडा नम्बर ६ मा १ सय ५६ घरधुरीलाई, वडा नम्बर ७ मा १ सय ५१ घरधुरीलाई, वडा नम्बर ८ मा १ सय ९२ घरधुरीलाई, वडा नम्बर ९ मा २ सय ३२ धर धुरीलाई, वडा नम्बर १० मा ३ सय ८३ घरधुरीलाई बितरण गरेका छौं ।
वडा नम्बर ११ मा २४१ जना घरधुरीलाई, वडा नम्बर १२ मा २८८ घरधुरीलाई, वडा नम्बर १३ मा ३०६ घरधुरीलाई, वडा नम्बर १४ मा ३४२ घरधुरीलाई, वडा नम्बर १५ मा ३९९ घरधुरीलाई, वठा नम्बर १६ मा १५४ घरधुरीलाई, वडा नम्बर १७ मा ३८२ घरधुरीलाई, वडा नम्बर १८ मा ३१८ घरधुरीलाई, वडा नम्बर १९ मा ३४० घरधुरीलाई, वडा नम्बर २० मा ४६० घरधुरीलाई, वडा नम्बर २१ मा ५५० घरधुरीलाई, वडा नम्बर २२ मा ३८२ घरधुरीलाई, वडा नम्बर २३ मा ५३२ घरधुरीलाई, वडा नम्बर २३ मा ५३२ घरधुरीलाई र वडा नम्बर २४ मा ६८१ घरधुरीलाई गरी जम्मा आठ हजार १४ घरधरीलाई राहत वितरण गरिएको छ ।
० विदेशबाट आएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या कति छ ?
यो पछिल्लो अवधिमा विदेशबाट आउनेहरु जम्मा ९७ जना छन् । ती मध्ये १० जना अहिले पनि क्वारेन्टाइनमा छन् ।
० नगरपालिकाले बितरण गरेको चामल पनि गुणस्तरहीन भयो भनेर समाचार आएको थियो । वास्तविकता के हो ?
राहतका विषयमा समाचार आउनुमा सिंगो नगरपालिकालाई बदनाम गर्न नियोजित षडयन्त्र हो । हामीले बाँडेको राहत सामग्री खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (तत्कालीन खाद्य संस्थान) लहानबाट खरिद गरेका हौं । अन्य ठाउँको फोटो मिलाएर समाचार बनाइएको छ । चामल दुई खालका हन्छन् । तत्कालै कुटिएको र केही पुरानो । नेपाल सरकारको स्वामित्वमा रहेको उक्त कम्पनीका चामलहरुमा गुणस्तर जाँच गरेर नै बेच्ने गरिएको छ ।
० नगरपालिकाभित्र अभावको फाइदा उठाएर कालोबजारी गर्नेहरुको विरुद्धमा कसरी नियन्त्रणका योजनाहरु बनाउनु भएको छ ?
कालोबजारी नियन्त्रणका लागि लहानमा रहेको इलाका प्रशासन कार्यालयबाट कर्मचारीहरु खटिइरहनुभएको छ । उहाँहरुको तीब्र अनुगमनका कारण त्यो अवस्था आएको छैन ।
० छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बृद्धि भएको छ । सीमा क्षेत्रबाट संक्रमितहरु प्रवेश गर्छन् कि भन्ने विषयमा कति सचेतना अपनाउनुभएको छ ?
लहान नगरपालिकाको सीमा भारतसँग जोडिएको छैन । त्यो बीचमा दुईवटा नगरपालिकाहरु पर्दछन् । तथापि बाहिरबाट आएका मानिसहरुलाई निगरानीमा राख्न प्रशासनलाई सक्रिय बनाएका छौं । बाहिरबाट आउनेहरुको लगत पनि राखेका छौं ।
० निजी अस्पतालहरुले अन्य रोगको पनि उपचार नै नगर्ने प्रवृतिका कारण जनताहरु अप्ठ्यारोमा परेका समाचार आइरहेका छन् । तपाईको नगरपालिकामा कस्तो अवस्था छ ?
हामीकहाँ पनि उपचारमा ध्यान नदिएको भन्दै रामकुमार मुरराका अस्पतालको बारेमा केही गुनासो आएका पनि छन् । बन्द गरिएका क्लिनिकहरु पनि तुरुन्तै खोल्न हामीले निर्देशन दिएका छौं । त्यसको अतिरिक्त हामीकहाँँ नगरपालिकाको १२ वटा स्वास्थ्य केन्द्रहरु रहेका छन् । हाम्रो स्वास्थ्य केन्द्रका सबै जना एकदमै सक्रियरुपमा खटिइरहनुभएको छ ।
० प्रसंग बदलौं, तपाई नगर प्रमुख भए पनि संविधानतः सरकारी जग्गा संरक्षणमा स्थानीय तहले पाएको जिम्मेवारीलाई कसरी प्रयोग गर्नुभएको छ ?
हाम्रो नगरपालिकामा सार्वजनिक जग्गा संरक्षणका लागि अभियान चलाइरहेका छौ । हामीले हालसालै त कहीँ पनि अतिक्रमण गर्न दिएका छैनौं । तथापि पहिला नै अतिक्रमण गरिएका ठाउँहरु पनि हटाउनका लागि परेका छौं । अहिले लकडाउनका कारण स्थगित गरिएको छ । जनप्रतिनिधि विहीन भएको अवस्थामा यहाँका राजमार्गहरु नै अतिक्रमण गरिएको छ । यो पनि खाली गराउनका लागि छलफल गरिरहेका छौं ।
० अहिलेसम्म लहान नगरपालिकाभित्र कति जत्ति सार्वजनिक जग्गा भएको यहाँले अनुमान गर्नुभएको छ ।
लहान नगरपालिकाभित्र २० विघा सरकारी जमिन छ । थुप्रै अतिक्रममित जग्गा खाली गराउनुपर्ने अवस्था छ । यो जग्गा पनि खोला किनाराका जग्गाहरु छाडेर नै हो ।
० तपाईं २२ वर्षअघि २०५४ सालको स्थानीय निर्वाचनमा नगर प्रमुखमा निर्वाचित हुनुभयो, पहिला र अहिले २०७४ सालमा निर्वाचित भएपछि काम गर्नमा कस्तो अनुभूति पाउनुभएको छ ?
मलाई काम गर्नका लागि पहिला पनि यहाँका कर्मचारी र जनप्रतिनिधिका टिमले असाध्यै सहयोग गरेको थियो । अहिले पनि सहयोग जारी नै छ । हुन त हामी जनप्रतिनिधिहरु निर्वाचनका बेलामामा घोषणापत्र मार्फत जुन प्रतिबद्धता जाहेर गरेका छौं, त्यसलाई पूरा गर्न हामी सधै लागि परेका छौं । पहिला पनि ९० प्रतिशत काम पूरा गरेका थियौ । अहिले पनि घोषण गरिएकामध्ये ९० प्रतिशत काम पूरा गरेरै छाड्ने प्रतिज्ञा गरेका छौं । त्यसका अलावा अन्य काम पनि गर्न लागिपरेका छौं । केही व्यक्तिहरुले राजनीतिक पूर्वाग्रहका कारण बाधा अवरोध गरे पनि हामी चाहिँ निरन्तर जनताका पक्षमा लागिरहेका छौं ।
० कर्मचारी संयोजनका कारण ढिलाई हुँदा कतिपय पालिकाहरुमा काम गर्न अप्ठ्यारो परेको गुनासा आउने गरेका थिए । यहाँको अवस्था कस्तो हो ?
अहिले पनि कर्मचारीको अभाव नै छ । समायोजन गरिएका कर्मचारीहरु पनि सबै जना हाजिर भइनसकेको अवस्था छ ।
० अन्तमा थप केही भन्नु छ कि ?
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend