काठमाडौं । सरकार र शिक्षक महासङ्घबिच भएको पछिल्लो सहमतिपछि असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद् आकस्मिक छलफलमा जुटेको छ।
बिहीबार रत्नराज्य माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा परिषद्का सदस्यहरूले उक्त सहमति अस्वीकार गर्दै कडा आपत्ति जनाएका छन् । उनीहरूले सरकार र शिक्षक महासङ्घबिचको सहमतिमा आफूहरूको मागलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनपछि परिषद्का पदाधिकारी र सदस्यहरू अहिले पनि रत्नराज्य माध्यमिक विद्यालयमै छलफलमा छन् । परिषद्का अनुसार आफ्ना प्रमुख मागहरू अझै सम्बोधन नभएकाले आन्दोलन जारी रहने छ ।
सरकारले आफ्नो प्रतिनिधित्व नगरी निर्णय गरेको र यसले विद्यालय कर्मचारीको अधिकारमाथि कुठाराघात गरेको परिषद्को भनाइ रहेको छ । विद्यालय कर्मचारी परिषद्ले आगामी दिनमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend