काठमाडौं । सरकार र शिक्षक महासङ्घबिच भएको पछिल्लो सहमतिपछि असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद् आकस्मिक छलफलमा जुटेको छ।
बिहीबार रत्नराज्य माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा परिषद्का सदस्यहरूले उक्त सहमति अस्वीकार गर्दै कडा आपत्ति जनाएका छन् । उनीहरूले सरकार र शिक्षक महासङ्घबिचको सहमतिमा आफूहरूको मागलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनपछि परिषद्का पदाधिकारी र सदस्यहरू अहिले पनि रत्नराज्य माध्यमिक विद्यालयमै छलफलमा छन् । परिषद्का अनुसार आफ्ना प्रमुख मागहरू अझै सम्बोधन नभएकाले आन्दोलन जारी रहने छ ।
सरकारले आफ्नो प्रतिनिधित्व नगरी निर्णय गरेको र यसले विद्यालय कर्मचारीको अधिकारमाथि कुठाराघात गरेको परिषद्को भनाइ रहेको छ । विद्यालय कर्मचारी परिषद्ले आगामी दिनमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend