Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य बीमामा नयाँ व्यवस्था: रेफर लेटर लिन गाउँ जान नपर्ने, एक महिनामै सेवा पाइने


    बिहिबार, बैशाख १८ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानबाटै स्वास्थ्य बिमा सेवा पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् ।

    यसअघि बिमासेवा लिन तीन महिना कुर्नुपथ्र्यो भने बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुगेर रेफलर लेटर लिनुर्ने बाध्यता थियो । तर अब भने व्यक्तिले बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बीमाको सुविधा लिन पाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार