Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षक नेता


    बुधबार, बैशाख १७ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा पुगेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज हुने वार्ता निर्णायक हुने बताइएको थियो ।

    हिजो रातिको वार्ता सकारात्मक भएकाले आज सहमति हुने बताइएको शिक्षामन्त्री रघुजी पन्तको सचिवालयले जानाएको छ । शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।

    देशभरका शिक्षकहरुले चैत २० गतेदेखि काठमाडौंमा निरन्तर आन्दोलन गरिरहेका छन् । आज सिंहदरवारमा बसेको सत्तारुढ दलको बैठकले सरकार र शिक्षक महासंघबीच आज सहमति हुने र शिक्षकहरु आन्दोलन स्थगित गरि विद्यालय फर्किने बताइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार