Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमबीबीएस र बीडीएसको सङ्ख्या बढाए सत्याग्रह बस्ने डा. केसीको चेतावनी


    मंगलबार, बैशाख १६ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि जनाएका छन् ।

    आज (मंगलबार) एक प्रेस विज्ञप्ति जारी गर्दै डा।केसीले सरकारले एमबीबीएसको सिट एक सयबाट बढाउने प्रक्रिया अघि बढाउनु गलत भएको बताएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘एमबीबीएस सिट हालको सङ्ख्या भन्दा बढाउन मिल्दैन । निजी मेडिकल कलेजबाट श्रम शोषणमा परेका पीडित रेजिडेन्ट डाक्टरको माग सम्बोधन साथै विगतमा भएका सम्झौता तुरुन्त कार्यान्वयन होस् ।’

    हाल एमबीबीएस पढाउन मेडिकल कलेजले एक सय सिट पाउँदै आएका छन् । आयोगको १८ औं बैठकमा शुल्क र सिट परिमार्जनका लागि शिक्षासचिव डा।दीपक काफ्लेको संयोजकत्व ११ सदस्यीय कार्यदल गठन भएको थियो ।

    सिटका विषयमा भने शिक्षासचिव डा। काफ्लेको संयोजकको कार्यदलले हाल कायम रहेको एक सय सिटको सिलिङ हटाउँदै थप गर्न सकिने सुझाव दिएको छ । कार्यदलले दिएको सुझावका आधारमा अब एमबीबीएस र बीडीएसको सिट सङ्ख्या बढ्ने बाटो पनि खुला भएको छ ।

    डा।केसी म्यानमारका भूकम्पपीडितहरूको सेवा गरेर नेपाल फकिँदैछन् । पटकपटकको दबाबमा चिकित्सा शिक्षा ऐन लागू भएसँगै चिकित्सा शिक्षा आयोग गठन भएको उनले बताएका छन् ।

    प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, अन्य नेता र नेत्री, कार्यकर्ता, न्यायाधीश, माफियाहरू लगायत विभिन्न स्वार्थपरक समूहको बारम्बार गैरकानुनी हस्तक्षेपका बाबजुद आयोगका पदाधिकारीहरूले सन्तोषजनक काम भइरहेको उनको भनाइ छ ।

    तर, आयोगमा पदाधिकारीको नेतृत्व परिवर्तनसँगै गलत तत्वहरूको बेलगाम र निर्लज्ज हस्तक्षेपका कारण चिकित्सा शिक्षा ऐनको अस्तित्व नै गुम्ने अवस्थामा पुगेको डा।केसीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार