Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा


    सोमबार, बैशाख १५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९औँ बैठक बस्दैछ । बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।

    चिकित्सा शिक्षातर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेको बेला बैठक बस्न लागेको हो । बैठकमा आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने बताइएको छ ।

    यसअघि ३ वैशाखमा बसेको १८औँ बैठकले १० दिनभित्र निजी मेडिकल कलेजका लागि दिइँदै आएको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न शिक्षा सचिव डा। दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । तर, तीन पटकसम्म बैठक बस्दा पनि अधिकांश कार्यदल सदस्यले १६औं बैठकले गरेका निर्णय कार्यान्वयन नभएसम्म छलफल अगाडि नबढाउने अडान राख्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार