काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई कडा सन्देश दिएका छन् । उनले सरकारले गरेको निर्णय कार्यान्वयन नगरेसम्म ती संस्थासँग सम्बन्धित कुनै पनि काम अगाडि नबढाइने स्पष्ट पारेका छन् ।
नेपाल चिकित्सक सङ्घ अन्तर्गत आवासीय चिकित्सकहरूले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल समिति सँग बिहीबारको छलफलमा मन्त्री पौडेलले ८औँ तहको निर्वाह भत्ता कार्यान्वयन नगरेका निजी मेडिकल सञ्चालकहरूको आलोचना गरे ।
‘सरकारको निर्णय लागू नभएसम्म मन्त्रालयबाट कुनै प्रकारको सहयोग हुने छैन,’ मन्त्री पौडेलले भने, ‘निजी मेडिकल सञ्चालकहरूले यस विषयमा तर्क गर्नुपर्ने अवस्था छैन ।’
उनले निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षालाई सेवा होइन, व्यापारको रूपमा हेरेको आरोप लगाए । ‘पीजी पढ्ने आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिन नसक्ने भन्ने कुरा स्वीकार्य छैन। यसका लागि सरकारबाट अतिरिक्त सहुलियत आवश्यक छैन,’ उनले थपे ।
पौडेलले पीजीको सिट सङ्ख्या र शुल्कबारे छलफल हुन सक्ने जनाए पनि, निर्णय कार्यान्वयन नगर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिए । ‘सरकारको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति रोक्न अब कडा कदम चालिन्छ,’ मन्त्री पौडेलले भने।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend