काठमाडौँ । संघीय निजामती सेवा विधेयक आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गर्ने तयारी गरिएको छ। लामो समयदेखि छलफलमा रहेको विधेयकमा सहमति जुटेसँगै पारित गर्ने प्रक्रिया अघि बढाइएको हो।
नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार समितिमा छलफलको क्रममै रहेको विधेयकमा अधिकांश बुँदाहरूमा सहमति बनिसकेको छ। उनले ट्रेड युनियन अधिकार सम्बन्धी विवादसमेत समाधान भएको जानकारी दिए।
ट्रेड युनियन अधिकार कायमै
बडुका अनुसार, हाल कायम रहेको ट्रेड युनियनको अधिकार कर्मचारीले निरन्तर पाउने गरी कानुनी व्यवस्था गरिनेछ। यसले कर्मचारीको संगठित हक अधिकारलाई सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
यसैगरी विधेयकले प्रदेश सचिवको पद प्रदेश निजामती सेवाअन्तर्गत रहने व्यवस्था गरेको छ। तर, ऐन जारी भएको मितिले आगामी दश वर्षसम्म संघीय निजामती सेवाबाट समेत प्रदेश सचिव खटाउन सकिने प्रावधान समावेश गरिएको छ।
यस्तै, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसमेत प्रदेश निजामती सेवाकै हुने व्यवस्था गरिएको छ। यद्यपि, संघले ती पदमा पनि आगामी दश वर्षसम्म कर्मचारी खटाउन सक्नेछ।
सरुवा प्रक्रियामा लचिलोपन
विधेयकमा अन्तर तह र अन्तर प्रदेश सरुवा प्रणालीलाई लचिलो बनाउने व्यवस्था गरिएको छ। कुनै पनि कर्मचारीले एक तह वा प्रदेशबाट अर्कोमा सरुवा हुन चाहेको अवस्थामा, जाने चाहना भएका कर्मचारी र सरुवा स्वीकार गर्ने तह वा प्रदेशको सहमतिमा सरुवा सम्भव हुने उल्लेख छ।
समितिका सदस्यहरूका अनुसार, कर्मचारी सरुवामा देखिँदै आएका समस्याको समाधान गर्न यो व्यवस्था आवश्यक देखिएको हो। सम्भावित कानुनी संरचनाले संघ, प्रदेश र स्थानीय तहबीचको कर्मचारी व्यवस्थापन प्रणालीलाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend