Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय


    मंगलबार, बैशाख ९ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कक्षा १२ को परीक्षा निधारित समयमै हुने भएको छ । आज (मंगलबार) बसेको राष्ट्रिय परिक्षा बोर्डको बैठकले काक्षा १२ को परिक्षा निर्धारित समयमा नै सञ्चालन गर्ने निर्णय गरेको हो ।

    शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान सो बारे निर्णय गर्न बोर्ड बैठक बसेको थियो ।आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

    शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन्, शिक्षा ऐन जारी नभएसम्मका आन्दोलन नरोकिने उनीहरूको भनाइ कायमै रहेको बेला बोर्डले यो निर्णय लिएको हो । उनीहरू आन्दोलनमा नै रहेको खण्डमा प्लस टुको परिक्षा प्रभावित हुन सक्ने देखिएको छ । साथै, शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा उनीहरू कायमै रहेका छन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार