Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ को परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक बस्दै


    मंगलबार, बैशाख ९ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलवार (आज) बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

    आजको बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे छलफल हुनेछ । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौँमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा चैत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर(बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।

    सरकार र महासंघका प्रतिनिधिबीच पटक पटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार