Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज


    बिहिबार, बैशाख ४ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अत्याधिक दुरुपयोग भएको भन्दै लमजुङका ८ एम्बुलेन्सको दर्ता खारेज गरिएको छ ।

    स्वास्थ्य मन्त्रालयले ती एम्बुलेन्सको अध्ययन गरेर दर्ता खारेज गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै खारेजीको सुचना दिएको हो ।

    ‘मिति २०८१ भदौं ३१ गतेको पत्र तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति लमजुङको मिति २०८१ भदौं ३१ गतेको बैठकबाट सम्पर्कमा नआएका ८ वटा एम्बुलेन्स खारेजीका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १७ बमोजिम सल्लाह–सुझाव प्राप्त भएको विपयमा यस मन्त्रालयका श्रीमान् सचिवज्यूको अध्यक्षतामा बसेको राष्ट्रिय निर्देशक समितिको मिति २०८१ चैत २७ गतेको बैठकमा पेस हुँदा राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १७ को उपदफा (२) बमोजिम तपसिलमा उल्लेखित आठवटा एम्बुलेन्सहरूको सञ्चालन अनुमति खारेज गर्ने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ पत्रमा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार