काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सरकारले संसदको वर्षे अधिवेशन छिट्टै आह्वान गर्ने निर्णय गरेको बताएकी छन् ।
मन्त्री भट्टराईले बुधबार भिडियो सन्देश जारी गर्दै शिक्षकका माग सम्बोधन गर्न संसद बैठक आह्वान गर्ने निर्णय गरेको बताएकी हुन् । ‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते त्यही विषयलाई सम्बोधन हुनेगरी संसद बैठक आह्वान गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन् ।
शिक्षकका अरु माग सम्बोधन गर्न पनि मन्त्रालयले सहजीकरण समिति बनाएर संवाद गरिरहेको उनले बताइन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । सरकार र शिक्षक महासंघबीच पटक पटक संवाद भए पनि सहमति जुटेको छैन ।
सरकारले मन्त्रिपरिषद बैठकबाट शिक्षकहरुलाई आन्दोलन बन्द गरेर विद्यालय फर्किन आह्वान गरे पनि शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरु छन् ।
शिक्षक तथा कर्मचारीमैत्री शिक्षा ऐन छिटो जारी गर्नुपर्ने उनीहरुको मुख्य माग छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend