काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकका माग सम्बोधन गर्न सरकारले संसदको वर्षे अधिवेशन छिट्टै आह्वान गर्ने निर्णय गरेको बताएकी छन् ।
मन्त्री भट्टराईले बुधबार भिडियो सन्देश जारी गर्दै शिक्षकका माग सम्बोधन गर्न संसद बैठक आह्वान गर्ने निर्णय गरेको बताएकी हुन् । ‘विधेयक छिटो पारित गरियोस् भन्ने मागलाई सम्बोधन गर्न हिजोको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते त्यही विषयलाई सम्बोधन हुनेगरी संसद बैठक आह्वान गरेको छ,’ मन्त्री भट्टराईले भनेकी छन् ।
शिक्षकका अरु माग सम्बोधन गर्न पनि मन्त्रालयले सहजीकरण समिति बनाएर संवाद गरिरहेको उनले बताइन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । सरकार र शिक्षक महासंघबीच पटक पटक संवाद भए पनि सहमति जुटेको छैन ।
सरकारले मन्त्रिपरिषद बैठकबाट शिक्षकहरुलाई आन्दोलन बन्द गरेर विद्यालय फर्किन आह्वान गरे पनि शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरु छन् ।
शिक्षक तथा कर्मचारीमैत्री शिक्षा ऐन छिटो जारी गर्नुपर्ने उनीहरुको मुख्य माग छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend