Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई


    मंगलबार, बैशाख २ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई दिएका छन्। प्रा डा केसीलाई बढीमा तीन महिनाका लागि त्रिविको उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

    पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।

    विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार