काठमाडौं । गएको चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईलाई नेपाल प्रहरीले दुई सातापछि चैत २९ मा पक्राउ गरेको थियो । बिहीबार भारतको आसाममा पक्राउ परेका प्रसाईलाई शुक्रबार झापामा ल्याएपछि मात्र नियन्त्रणमा लिइएको जानकारी प्रहरीले दियो ।
प्रसाई पक्राउ गरेको श्रेय नेपाल प्रहरी संगठनले होइन, मातहतको विशेष ब्यूरोका डीआईजी सिद्धिविक्रम शाहले लिन खोजेको देखिन्छ । ब्यूरोमा शाह नभएको भए प्रसाई पक्राउ नै पर्न नसक्ने खालको सन्देश दिन खोजिरहेका छन् । प्रसाईलाई पक्राउ गर्न आसाममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे र सम्पत्ति शुद्धीकरण बिभागमा दरबन्दी भई पर्सामा १ बर्ष काम गरी फर्किएका बरिष्ठ सई रमेश बजागाई गएका थिए ।
तीनकुने काण्डमा हुन लागेको विध्वंशको सूचना लिन असमर्थ विशेष ब्यूरोले प्रसाई पक्राउ गरेको कुरालाई बढाइचढाई गर्नुलाई एआईजी बढुवासँग पनि जोड्न थालिएको छ । प्रसाईलाई नियन्त्रणमा लिएर यसअघि शाहले रौतहटमा पत्रकारलाई लागूऔषध हालेर फसाउन खोजेको कुरालाई ओझेलमा पार्न खोज्ने प्रयत्न गरेका छन् ।
पत्रकारलाई लागूऔषध राखेर फसाइएको बिषयमा पत्रकार महासंघले रौतहटका तत्कालीन एसपी शाहलाई निलम्बन नै गर्न माग गरेको थियो । ललितपुर प्रहरी परिसरको प्रमुख हुँदा बालकुमारी काण्डमा मन्त्रीलाई झन्डै गाडीभित्रै जलाउन खोजिएको काण्डमा समेत डीएसपी उमेश लम्साल निलम्बनमा परे । तर कमाण्डर शाहलाई भने उन्मुक्ति दिइएको थियो ।
छदमभेष (कोभर्ट रुप) मा अप्रेसन गर्ने विशेष ब्यूरोलाई किन यसरी छताछुल्ल हुने गरी मित्रराष्ट्र समेतलाई असर पर्नेगरी मिडियामा ल्याइयो ? आम नागरिकले विशेष ब्यूरोको काम कर्तव्य के रहेछन् र यसले के कस्ता काम गर्दोरहेछ भनेर खोजतलास गर्न लागेका छन् । चैत १५ गते प्रसाईले आह्वान गरेको गणतन्त्र बिरोधी कार्यक्रममा प्रदर्शनकारी हिंसामा उत्रँदा संचारकर्मी सुरेश रजक र प्रदर्शनकारी सुनिल महर्जनको दुःखद् निधन भयो । २० जना घाइते भए । आन्दोलनको आह्वान गरेका दुर्गा प्रसाईं ले प्रहरीलाई नै किचेर मार्नेगरी गाडी पेलेर निषेधित क्षेत्र तोड्दा समेत प्रहरीले तत्काल उनलाई नियन्त्रणमा लिन बल प्रयोग गरेन र केही समय नियन्त्रणमा लिएकोमा पछि छाडिएका समाचार बाहिरिए । सरकारले उनलाई नियन्त्रणमा लिन निर्देशन जारी गरेपछि नेपाल प्रहरीका उपत्यका अपराध अनुसन्धान, सीआईबी र परिसर काठमाडौंले प्रहरी टोली खटियो । उनी घटना घटेको लामो समयसम्म पक्राउ नपर्दा सरकारलाई दबाब सृजना परेपछि नेपाल प्रहरीले विशेष ब्यूरोलाई परिचालन गरेको हुनसक्छ । तर प्रहरी संगठनले होइन, ब्यूरोले गरेको जस लिन खोजिएको छ ।
के हो त विशेष ब्यूरोको काम, कर्तव्य ?
नेपाल प्रहरीको विशेष ब्यूरो एक विशेष इकाई हो जसको मुख्य काम राष्ट्रिय सुरक्षालाई लक्षित गर्दै संगठित अपराध, गम्भीर अपराध, जासुसी, आतङ्कवाद तथा राज्यविरुद्धका गतिविधिहरूको अनुसन्धान र निगरानी गर्नु हो । यसको काम, कर्तव्य र अधिकार नेपाल प्रहरी ऐन, र नेपाल प्रहरी नियमावली, २०७१ मा आधारित हुन्छ । यद्यपि ऐनमा विशेष ब्यूरोको विस्तृत विवरण छुट्टै उल्लेख नगरे पनि प्रहरी संगठनभित्रका विशेष इकाइहरूलाई उल्लेख गरेर कार्यविभाजन गरिएको छ :
१. गोप्य सूचनाको संकलन र विश्लेषण गर्नु ।
२. राज्यविरुद्धका गतिविधिको निगरानी र अनुसन्धान
३. साइबर अपराध, वित्तीय अपराध तथा अन्तर्राष्ट्रिय अपराधको अनुसन्धान
४. अन्य कानुनी जिम्मेवारीहरू
राज्यको सुरक्षामा प्रत्यक्ष असर पार्ने मुद्दाहरूमा अनुसन्धान सहयोग गर्नु
५. विशेष अधिकारहरू (प्रहरी ऐन अनुरूप)
अनुसन्धानका क्रममा गोप्य सूचना प्रयोग गर्ने ।
आवश्यक परेमा शंकास्पद व्यक्तिहरूलाई निगरानीमा राख्ने ।
यस्तो विशेष जिम्मेवारी पाएको विशेष ब्यूरोका कुनै पनि प्रहरी कर्मचारीलाई हामीले चिन्न सक्दैनौं । उनीहरुलाई स्वदेश तथा बिदेश बाट उन्नत खाले तालिम दिइएको हुन्छ । र, उनीहरुले स्वदेश तथा बिदेशमा रहेका प्रहरी अधिकारीहरुसँग भाइचारा कायम गरी कतिपय अवस्थामा कानुनको अभाबमा समेत गोप्यरुपमा जघन्य अपराध घटाएका ब्यक्तिहरुलाई आदान प्रदान समेत गर्ने गरेका हुन्छन् ।
एक प्रहरी अधिकृतले ब्यूरोको कार्यप्रकृतिको बारेमा भने–विशेषत छिमेकी मित्रराष्ट्र भारतसँग खुल्ला सिमाना हुँदा यस्ता आदान प्रदानका काम बढी हुन्छन् । तर यस्ता कार्य ती देशमा कानुन त बर्जित हुँदा बाहिर ल्याइँदैन । जुन कुरा हामीले आजसम्म यस्तो छताछुल्ल हुनेगरी समाचारमा सुन्नमा आएका थिएनन् । किनभने आजसम्म विशेष ब्यूरोको नेतृत्व विशेष दक्षता हासिल गरेका अधिकारीबाट हुने गरेको थियो । अहिले भने विशेष ब्यूरोको नेतृत्व राष्ट्रिय अनुसन्धान बिभागबाट नेपाल प्रहरीमा आएका सिद्धिबिक्रम शाहले गरेका छन् । ४ महिनाअघि मात्र उनी डिआइजीमा बढुवा भएका हुन् । बढुवा हुनासाथ गृहमन्त्री रमेश लेखकको जोडबलमा त्यस्तो बिशिष्टिकृत संस्था विशेष ब्यूरोमा पदस्थापना गरिएको परिणाम त यस्ता समाचार बाहिरिन पुगेका छन् ।
बिदेशबाट आरोपी ल्याउने जिम्मा पाएको विशेष ब्यूरोका काम कारबाही सधैं गोप्य रहन्छन् । त्यही भएकाले यसको गरिमा कायम हुँदैआएको छ । आफैंले नियन्त्रणमा लिएको हो भन्दै पक्राउ गर्ने खास मान्छेलाई ओझेलमा पारेर आफ्नो प्रचार गरेको कामले भबिष्यमा विशेष ब्यूरोले काम गर्नै नसक्नेगरी उदाङ्गो गराएको देखिन्छ ।
अब यसका काम कारबाहीका बारेमा मिडियालाई भन्दै हिंडेपछि त विशेष ब्यूरोले आउँदा दिनमा काम गर्न निकै कठिनाइ हुने देखिन्छ । एक त अर्काको देशमा पक्राउ गर्न जाने धेरै जोखिममा थिए । कुनै एक राज्यका प्रहरीसँग समन्वय भएकोमा अर्को राज्यमा जानुपर्दा यताबाट गएका प्रहरीहरु समातिने जोखिम रहन्छ । कतिपय संचार माध्यमले प्रहरीका यस्ता काम कारबाही थाहा पाएर पनि कार्य सम्पादन नहुँदै बाहिर जिम्मेवारीबोध गरेर ल्याएनन् । तर यसपटक संचारमाध्यमले आफ्ना समाचारको सत्यता पुष्टि गर्न समाचार पहिल्यै भारतबाट पक्राउ गरिएको भनेर सम्बन्धलाई जोडेर प्रचारमुखी बनाएर ल्याइयो । जुन भवबष्यका लागि निकै घातक हुने निश्चित छ । कतिपय संचार माध्यमले राष्ट्रिय सुरक्षा र ब्यूरोका कर्मचारीको सुरक्षा बोध गरेर आफूले थाहा पाएकोमा पनि प्रहरीको संबेदनशीलता बुझेर नेपाल प्रवेश गराएपछि समाचार सम्प्रेषण गरेका थिए ।
यस्तो कुराले के पुष्टि गर्छ भने बिशिष्टिकृत संस्थामा त्यस क्षेत्रमा दख्खल राख्ने अधिकारी खटाइनुपर्दछ जस्ले गर्दा नेपाल प्रहरीको कामको गुणस्तरीयता कायम रहने र मित्रराष्ट्रहरुसँग गरिने कामकारबाही लाई सस्तो लोकप्रियता र चर्चाको लागि यो हदसम्म बिगारिदा आउने दिनमा त्यस्ता घटना घटेको खण्डमा अधिकारीहरुसमेत झस्कनेछन् र यताबाट जाने प्रहरी कर्मचारीसमेतलाई खतरा हुने छ । तसर्थ यसरी संचार माध्यममा दुर्गा प्रसाईं पक्राउ प्रकरणलाई छताछुल्ल कसरी बनाइयो ? आउँदा दिनमा त्यस्तो हुन नदिन लागि समेत नेपाल प्रहरीले छुट्टै छानबिन समिति बनाएर त्यस्ता अधिकारीलाई कारबाही गर्नुपर्ने तर्कहरु पनि आइरहेका छन् । ती पूर्व प्रहरी अधिकृतले भने–यस्ता गैर ब्यबसायिक काम कामकारबाही निरुत्साहित हुनुपर्छ । ब्यबसायिक कर्मचारीले आ–आफ्ना काम सफलतापूर्बक गर्दा प्रहरीकै कार्य क्षमतामा प्रश्न उठ्नेछैन ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend