Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता, आन्दोलन नरोक्ने


    बिहिबार, चैत्र २८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको हो ।

    यसअघि पटक(पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ । ३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

    आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्‍को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।

    महासंघले सहअध्यक्ष पराजुलीको संयोजकत्वमा वार्ता टोली बनाएको छ । वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले २० चैतदेखि सुरु भएको आन्दोलनलाई आज पनि जारी राखेका छन् ।

    माइतीघरदेखि बिजुलीबजार पुलसम्मको तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार