Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धुलिखेल अस्पतालका आवासीय चिकित्सकले पाए सरकारले तोके अनुसारको निर्वाह भत्ता


    बुधबार, चैत्र २७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको धुलिखेल अस्पतालले आवासीय चिकित्सकलाई सरकारले तोके अनुसारको निर्वाह भत्ता दिएको छ ।

    केयूको स्कूल अफ मेडिकल साइन्सेजको डिन प्राडा मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३४ रुपँया दिइएको हो ।

    धुलिखेल अस्पतालमा स्नातकोत्तर तह (पीजी) अन्तर्गतको १२० आवासीय चिकित्सक अध्ययनरत छन् ।

    चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।

    सोही अनुसारले आयोगले निर्णय लागु गर्न सम्बन्धित विश्वविद्यालय र मेडिकल कलेजहरूमा पत्र पठाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार