Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि शिक्षकहरुले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने


    बुधबार, चैत्र २० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । देशभरका शिक्षकहरूले आज (बुधवार)देखि पुनः काठमाडौँमा आन्दोलन गर्ने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् ।

    नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेसँगै आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ ।

    आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने महासंघले जनाएको छ । आन्दोलन दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार